गण्डकी प्रदेश सरकार
वन तथा वातावरण मन्त्रालय
वन निर्देशनालय

भू तथा जलाधार व्यवस्थापन कार्यालय, पर्वत

कुश्मा, पर्वत

हाम्रा कार्यहरु


कार्यालयको लक्ष्यः
कार्य क्षेत्रका जिल्लाहरूको महत्वपूर्ण र संवेदनशील जलाधार क्षेत्रको एकीकृत संरक्षणका माध्यामबाट खेतीयोग्य भूमिको संरक्षण तथा उत्पादकत्व वृद्धि गरी प्रदेशका जनताको समृद्धिमा टेवा पुर्‍याउने ।

कार्यालयको उद्देश्यहरूः

  • कार्य क्षेत्रका सबै जिल्लाका महत्वपूर्ण जलाधार क्षेत्रहरूको संरक्षण तथा सम्वद्र्धन गरी बाढी, पहिरो, भूक्षय जस्ता कृतिक प्रकोपको चाप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सघाउ पुर्‍याउने ।
  • जलाधार क्षेत्रका श्रोतहरूको वैज्ञानिक व्यवस्थापनबाट भू–क्षय कम गरी जमिनको उत्पादकत्वमा सुधार गर्दै जनताका वनजन्य तथा खाद्यजन्य आधारभूत आवश्यकता परिपुर्तिमा टेवा पुर्‍याउने ।
  • विकासका पूर्वाधारहरूको संरक्षणमा टेवा पुर्‍याउने ।