भू तथा जलाधार व्यवस्थापन कार्यालय, पर्वतको कार्यक्षेत्र म्याग्दीको बेनी मङ्गलाघाटमा रहेको नर्सरीमा उत्पादन गरिएका डालेघाँसका विरुवा मिति २०८१/०३/२० गते देखि वितरण शुरु भएको थियो ।
भू तथा जलाधार व्यवस्थापन कार्यालय, पर्वत अन्तर्गत बागलुङ न.पा. २ को रुद्रे पिपलमा रहेको भूसंरक्षण नर्सरीमा उत्पादित डालेघांस( राइखन्यु, निमारो र किम्बु) का विरुवाहरु जिल्ला समन्वय समिती, बागलुङका प्रमुख श्री अमर बहादुर थापाज्यूको प्रमुख आतिथ्यता र समन्वय उपप्रमुख श्री होमनाथ सापकोटाज्यूको बिशेष आतिथ्यतामा मिति २०८१/०३/०९ गते देखि निःशुल्क वितरण गरी हाल बिरुवा वितरण सम्पन्न भईसकेको छ।