भू तथा जलाधार व्यवस्थापन कार्यालय,

कुश्मा, पर्वत, गण्डकी प्रदेश ।

चालु आ.व.को प्रगति समीक्षा तथा आगामी आ.व. २०८१/८२ का कार्यक्रम र बजेट सार्वजनिक

आज मिति २०८१/०३/२६ गते भू तथा जलाधार व्यवस्थापन कार्यालय, पर्वतको आयोजना तथा जिल्ला समन्वय समिती, पर्वतको समन्वय र सहजीकरणमा कार्यालयले आ.व. २०८०/८१ मा कार्यक्षेत्रका जिल्लाहरु मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत र स्याङ्जामा सम्पादित योजनाहरुको प्रगती समिक्षा तथा आगामी आ.व. २०८१/८२ का कार्यक्रम र बजेट सार्वजनिक गरियो ।

उक्त कार्यक्रमको अध्यक्षता जिसस पर्वतका उपप्रमुख सोम बहादुर जिसीज्यूको अध्यक्षतामा भएको कार्यक्रममा कार्यालय प्रमुख दिवाकर पौडेलले आ. व. २०८०/८१ को प्रगती विवरण तथा आ.व. २०८१/८२ को स्वीकृत कार्यक्रम र बजेट प्रस्तुत गर्नु भएको थियो भने पालिकाका प्रमुख, उपप्रमुख, विभिन्न कार्यालयहरु, सामुदायिक वन उपभोक्ता महासंघ, मिडियाकर्मीहरुको सहभागिता रहेको थियो ।

आ.व. २०८०/८१ मा कार्यालयको भौतिक प्रगती ९५% र समग्र वित्तीय प्रगती ८८.९४ % जसमध्ये प्रदेशतर्फको वित्तीय प्रगति ९२.७७% र संघीय सशर्तको ८२.४४ % हासिल भयो । कुल सम्पन्न योजना संख्या १६६ वटा रहेका छन ।

# उक्त कार्यक्रमका झलकहरु #

Updated: July 11, 2024 — 10:22 am
भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतको पृष्ठभूमि

भिरालो भू बनोट, कमलो तथा अस्थिर भौगर्भिक अवस्था तथा मनसून केन्द्रित भारी वर्षा जस्ता प्राकृतिक कारणले नै नेपाल भू क्षयको दृष्टिकोणले अत्यन्त संवेदनशील छ भने मानवजन्य क्रियाकलाप खासगरी अनुपयुक्त भू उपयोग, वन जंगल लगायत प्राकृतिक श्रोतहरूको विनास, वातावरणीय पक्षलाई बेवास्ता गरी संचालन गरिने विकास निर्माण कार्यहरू एवं जनचेतनाको कमीका कारण भएका अन्य मानवीय क्रियाकलापहरूका कारणले प्राकृतिक रूपमा हुने भू क्षयलाई बढाई भू क्षय, पहिरो र बाढीको समस्यालाई झनै भयावह बनाएको छ ।
भूक्षयको कारण बर्षेनी खेतवारीको मलिलो माटो बगाई कृषि जमिनको उत्पादकत्वमा ह्रास आएको छ भने पहिरो र बाढीको कारण खेतीयोग्य जमिन र विकासका पूर्वाधारको विनाश तथा जनधनको क्षति गरी आक्रान्त बनाएको छ ।

Read More

भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वत © 2020 |
toto togel