आज मिति २०८१/०३/२६ गते भू तथा जलाधार व्यवस्थापन कार्यालय, पर्वतको आयोजना तथा जिल्ला समन्वय समिती, पर्वतको समन्वय र सहजीकरणमा कार्यालयले आ.व. २०८०/८१ मा कार्यक्षेत्रका जिल्लाहरु मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत र स्याङ्जामा सम्पादित योजनाहरुको प्रगती समिक्षा तथा आगामी आ.व. २०८१/८२ का कार्यक्रम र बजेट सार्वजनिक गरियो । उक्त कार्यक्रमको अध्यक्षता जिसस पर्वतका उपप्रमुख सोम बहादुर जिसीज्यूको […]
Category: समाचारहरु
सचिव डा. रामचन्द्र कँडेलज्यू लगायत मन्त्रालयको टिमबाट कार्यालय तथा नर्सरी अनुगमन
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेशका सचिव डा. रामचन्द्र कँडेलज्यू लगायत मन्त्रालयको टिमको कार्यालय तथा नर्सरीमा भएको अनुगमनको झलक +6
२ दिने कम खर्चिलो भूसंरक्षण प्रविधि तालिम
भू तथा जलाधार व्यवस्थापन कार्यालय, पर्वतको आयोजनामा असार ९ गतेदेखि शुरुभएको २ दिने कम खर्चिलो भूसंरक्षण प्रविधि तालिम आज असार १० गते सम्पन्न भएको छ । पर्वत र बागलुङमा संचालित भुसंरक्षण संबन्धी योजनामा आबद्ध समितिका महिला ९ जना र पुरुष २३ जना गरी ३२ जना पदाधिकारी उपभोक्ताहरुको सहभागिता रहेको थियो ।
डालेघाँसका विरुवा मिति २०८१/०३/९ गते देखि वितरण शुरु
भू तथा जलाधार व्यवस्थापन कार्यालय, पर्वतको कार्यक्षेत्र म्याग्दीको बेनी मङ्गलाघाटमा रहेको नर्सरीमा उत्पादन गरिएका डालेघाँसका विरुवा मिति २०८१/०३/२० गते देखि वितरण शुरु भएको थियो । भू तथा जलाधार व्यवस्थापन कार्यालय, पर्वत अन्तर्गत बागलुङ न.पा. २ को रुद्रे पिपलमा रहेको भूसंरक्षण नर्सरीमा उत्पादित डालेघांस( राइखन्यु, निमारो र किम्बु) का विरुवाहरु जिल्ला समन्वय समिती, बागलुङका प्रमुख श्री […]